काठमाडौं । आइएमई र नेपाल एसबीआई बैंकबीच एक सम्झौता भएको छ । सम्झौता अनुसार आइएमईका जुनसुकै शाखा संजालमार्फत पठाइएको पैसा नेपाल एसबीआई बैंकका जुनकुनै शाखाहरूबाट भुक्तान लिन सकिनेछ ।
पोखरा । इन्फर्मेटिक्स कलेज पोखराका १८१ जना विद्यार्थी दीक्षित भएका छन् । बीएस्सी (अर्नस) कम्प्युटिङ र बीए (अनर्स) बिजनेस प्रशासनका १८१ जना विद्यार्थी दीक्षित भएको कलेजले जनाएको छ ।
काठमाडौं । अशोक लेल्याण्डको नेपालका लागि आधिकारिक वितरक आईएमई मोटर्सले अशोक लेल्याण्डको भाइकिङ १२एम प्राइम बस नेपाली बजारमा ल्याएको छ । कम्पनीका अनुसार ४४ सिटे बसका चार वटा युनिट वितरण गरिएको छ ।
काठमाडौं । आइतबार २२औं फिफा विश्वकप फुटबल २०२२ को फाइनल खेल भयो । उक्त फाइनल खेल प्रत्यक्ष हेर्नका लागि एनसेल आजियाटा लिमिटेडले अन्नपूर्ण होटलको पुलसाइडमा व्यवस्था मिलाएको थियो । जहाँ १ हजार ९०० भन्दा बढी दर्शकले उत्साह पूर्ण ढंगले फाइनल खेल हेरेका थिए ।
काठमाडौँ । विश्वमै सबैभन्दा चाँडो वृद्धि भईरहेको स्मार्टफोन ब्रान्ड रियलमीको फ्ल्यागशिप लेबल कर्भ भिजन डिस्प्ले सहितको प्रिमियम स्मार्टफोन रियलमी १० प्रो प्लस फाइभ जी नेपालमा उपलब्ध भएको छ । मिडरेन्जको सबैभन्दा प्रिमियम मानिएको यो फोन कर्भ्ड भिजन डिस्प्लेको कारण पहिलै देखि बजारमा चर्चित छ ।
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मङ्गलबार सांसदहरूसँग कोदो वर्ष २०२३ मनाउने सन्दर्भमा कृषि मन्त्री नरेन्द्र तोमरले आयोजना गरेको भोजमा सहभागी भएका छन् ।
काठमाडौं । नेपाल एसबिआई बैंक संचालक समितिको अध्यक्षमा जयती बन्सल चयन भएकी छन् । स्टेट बैंक अफ इण्डियालाई प्रतिनिधित्व गरी आएकी उनी अध्यक्षमा चयन भएकी हुन् ।
काठमाडौं । प्राइम कमर्सियल बैंकको सञ्चालकमा प्रा.डा. तारा चित्रकार नियुक्त भएकी छन् । बिहीबार बसेको बैंक सञ्चालक समितिको ४५५ औं बैठकले उनलाई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिम स्वतन्त्र सञ्चालक पदमा नियुक्ति गर्ने निर्णय गरेको हो ।