आर्थिक पाटी संवाददाता
Posts by आर्थिक पाटी संवाददाता:
दुई भुटानी राजबन्दी रिहाइको स्वागत गर्दै बाँकी २८ जनाको तत्काल रिहाइको लागि भुटानी विश्वव्यापी अभियानले गर्यो माग
द हेग, नेदरल्याण्ड्स ।भुटानमा राजनीतिक कैदीहरूको रिहाईका लागि विश्वव्यापी अभियान (जीसीआरपीपीबी) १८ वर्षभन्दा बढी समयदेखि भुटानको चामगाङ केन्द्रीय कारागारमा बन्दी जीवन बिताइरहेका चतुरमान तामाङ र हस्तबहादुर राईलाई १ जुन २०२६ मा रिहा गरिएकोमा त्यसको स्वागत गरेको छ।भुटानका राजा जिग्मे खेसर नामग्येल वाङचुकले दिएको माफी एक महत्वपूर्ण उपलब्धि भएको अभियानले जनाएको छ।”संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्का विशेष प्रक्रियाहरू, युरोपेली संघ, तथा ह्युमन राइट्स वाचलगायत अन्तरराष्ट्रिय मानवअधिकार साझेदारहरूसँग वर्षौंदेखि गरिएको निरन्तर वकालत र कूटनीतिक पहलको परिणामस्वरूप यो उपलब्धि सम्भव भएको हो। यस घटनाले भुटानका राजनीतिक कैदीहरूको मुद्दामा अन्तरराष्ट्रिय समुदायको निरन्तर चासो र संलग्नताले सकारात्मक प्रभाव पार्न सक्ने स्पष्ट संकेत दिएको छ,” जीसीआरपीपीबीका ग्लोबल कोअर्डिनेटर राम कार्कीले भने। यद्यपि, भुटानमा राजनीतिक कैदीहरूको रिहाईका लागि विश्वव्यापी अभियानले चतुरमान तामाङ र हस्तबहादुर राईको रिहाईसँगै उत्पन्न भएको गम्भीर मानवीय अवस्थाप्रति चिन्ता पनि व्यक्त गरेको छ। रिहापछि पहिचानसम्बन्धी कागजातको अभावका कारण दुवैलाई नेपाल प्रवेश गर्न […]



