काठमाडौं । कालिन्चोक दर्शन लिमिटेडले मंगलबार (माघ ३ गते) देखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गर्दैछ । कम्पनीले १० करोड ८० लाख रुपैयाँ बराबरको १० लाख ८० हजार कित्ता आइपीओ जारी गर्न लागेको हो ।
काठमाडौं । सुपर मादी हाइड्रोपावरले माघ ९ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले २१ करोड रुपैयाँ बराबरको २१ लाख कित्ता आइपीओ जारी गर्न लागेको हो ।
काठमाडौं । सेयर बजार सोमबार पनि बन्द हुने भएको छ । आज सोमबार (माघ २ गते) आइतबार सरकारले पोखरामा भएको यति एयरलाइन्सको जहाज दुर्घटनामा शोक बिदा दिएको छ । सोही कारण नेप्से पनि बन्द हुने भएको हो । अब बजार मंगलबार बिहान ११ बजे मात्र खुल्नेछ ।
काठमाडौं । चालु आर्थिक वर्ष २०७९-८० को अर्धवार्षिक समीक्षा अवधिमा सरकारको बजेट खर्च ३२ दशमलव १३ प्रतिशत बराबर देखिएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार पुस मसान्तसम्ममा सरकारले पाँच खर्ब ७६ अर्ब ३४ करोड ७६ बराबर खर्च गरेको छ ।
काठमाडौं । प्राइम लाइफ, गुराँस लाइफ र यूनियन लाइफ इन्याेरेन्सले मर्जर सम्बन्धि अन्तिम सम्झौता गरेका छन् । शनिबार तीन कम्पनीबीच मर्जर सम्बन्धि अन्तिम सम्झौता भएकाे हाे।