काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स ले आर्थिक वर्ष २०७८/७९ को लागि बीमितलाई दिने बोनस दर सार्वजनिक गरेको छ । कम्पनीले उक्त आर्थिक वर्षको वित्तीय विवरण बीमा समितिबाट स्वीकृति पाएपछि बोनस दर सार्वजनिक गरेको हो ।
काठमाडौं । एनआईबीएल एस क्यापिटलको लगानी व्यवस्थापन सेवामा ११०० भन्दा बढी ग्राहक आबद्ध भएका छन्। कम्पनीले अहिले ती ग्राहकहरुको ४ अर्ब भन्दा बढि आकारको लगानीको व्यवस्थापन गर्दै आइरहेको जनाएको छ।
काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार लघुवित्तको आम्दानी र नाफा दुबै गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।
काठमाडौंँ । सिटिजन लाइफ इन्सुरेन्सको पाँचौं वार्षिक साधारण सभा आज (माघ १५ गते) बस्दैछ । सभा अलोफ्ट काठमाडौं ठमेल, छाँयादेवी कम्प्लेक्समा साँझ ५ बजे सुरु हुनेछ । सभामा कम्पनीले प्रिमियम मूल्यमा आइपीओ जारी गर्ने मुख्य प्रस्ताव पेश गर्नेछ ।
काठमाडौंँ । मोलुङ हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज माघ १५ गते आइतबार अन्तिम दिन हो । आयोजना प्रभावित स्थानीयले आज कार्यालय समयभित्र यसमा आवेदन दिन सक्नेछन् ।
काठमाडौंँ । मकर जितुमाया सुरी हाइड्रोपावरले आज (माघ १५ गते) देखि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ बिक्री खुला गरेको छ ।