काठमाडौँ । नेप्सेमा सूचीकृत ११ जीवन बिमा कम्पनीहरुले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् । प्रकाशित रिपोर्ट अनुसार समग्रमा बिमा कम्पनीहरुको नाफा ७०.४५% ले बढेर २ अर्ब ५ करोड ९९ लाख रुपैयाँ पुगेको छ ।
काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सेयर बजार तलमाथि भइरहने बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) को कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले अबको दिनमा सेयर बजार माथि जाने बताएका हुन् ।
काठमाडौँ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाले निजी क्षेत्रको मनोबल आशा अनुरुप उच्च गर्न नसकेको नेपाल उद्योग परिसंघले बताएको छ ।
काठमाडौँ । प्रभु इन्सुरेन्सले फागुन २३ गते वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले सभामा गत आर्थिक वर्षको नाफाबाट ६.७०% बोनस सेयर र कर तिर्न ०.३५% नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।
काठमाडौँ । सानिमा जिआईसी इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ११ करोड ७४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा १०२.२८ प्रतिशतले बढी हो ।