काठमाडौँ । तनहुँको बन्दिपुर गाउँपालिका वडा नं ६ मा ३३÷११ केभीको सराङघाट सबस्टेसन निर्माण सम्पन्न भएको छ ।नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी तनहुँ हाइड्रोपावर लि.ले निर्माण गरिरहेको १४० मेगावाटको तनहुँ जलविद्युत आयोजनाको सामाजिक विकास कार्यक्रमअन्तर्गत सराङघाट सबस्टेसन निर्माण गरिएको हो ।