काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले २१औं वार्षिक साधारण सभा फागुन ३० गते गर्ने भएको छ । सभा होटल सेभेन स्टार प्रालि सौराहा, चितवनामा हुने कम्पनीले जानकारी दिएको छ ।
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडका शाखाहरुद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तरर्गत विद्यालय र टोल सुधार समितिलाई सहयोगका कार्यक्रमहरु सम्पन्न भएका छन् ।
काठमाडौं । एनसेल आजियाटा लिमिटेडले आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत इन्जिनियरिङ्ग अध्ययन संस्थान पुल्चोक क्याम्पसको पाँच संकायमा अध्ययन गरिरहेका उत्कृष्ट विद्यार्थीहरुलाई एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान २०७९ प्रदान गरेको छ ।
काठमाडौं ।हुन्डाईको नयाँ गाडी बजारमा आउने भएको छ । हुन्डाईको ग्रान्ड आई-१० नियोसको फेसलिफ्ट मोडल अर्को हप्ता नेपाली बजारमा आउने भएको हो। हुन्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले ग्रान्ड आई-१० नियोसको फेसलिफ्ट मोडल अर्को हप्ता नेपाली बजारमा आउने जनाएको छ। हुन्डाईले यो ह्याचब्याक ग
काठमाडौं । नेपालकै सर्वाधिक लोकप्रिय एप हाम्रो पात्रोमा डिजिटल वालेट ‘हाम्रो पे’ थपिएको छ । शुक्रबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै हाम्रोपात्रोले आफ्नो डिजिटल वालेट सार्वजनिक गरेको हो ।
चीनमा जिनपिङ सरकारको आलोचना गरेपछि बेपत्ता पारिएका पौराणिक इ–कमर्स कम्पनी अलिबाबाका संस्थापक ज्याक मा अस्ट्रेलियामा देखा परेका छन् । चिनियाँ सञ्चारमाध्यमले एक समूह तस्विरलाई उद्धृत गर्दै उनी अष्ट्रेलियाली परिवारसँग रहेको बताएको छ ।
काठमाडौं । नेपालकै अग्रणी लजिस्टिक्स कम्पनी उपायले आफ्ना सेवाहरु विस्तार गर्ने क्रममा प्रविधि र पूर्वाधारमा लगानी गर्ने योजना अनुरुप विराटनगरमा ‘उपाय स्टेशन’ सञ्चालनमा ल्याएको छ।
काठमाडौँ । बेलायतको विदेश, कमनवेल्थ तथा विकास राज्यमन्त्री एन मरी ट्रेभेलियनले नेपालको भ्रमणमा आउने भएकी छन् । बेलायत सरकारको तर्फबाट एसिया–प्रशान्त क्षेत्र हेर्ने ट्रेभेलियन तीनदिने भ्रमणका लागि फागुन २४ गते काठमाडौं आउने भएकी हुन् ।
काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्मासँग नेपाली सेनाको स्थापना दिवस समारोहमा भाग लिने सिलसिलामा नेपाल भ्रमणमा रहेका भारतीय सेनाका पूर्वप्रमुखहरूले भेटघाट र छलफल गरेका छन् ।