सनराइज बैंकले खोल्यो बुटवलको राम मन्दिरमा शाखा, १०५ पुग्यो शाखा संख्या |
काठमाडौं । सनराईज बैंकले बुटवलको राम मन्दिर लाइनमा १ सय ५ औं शाखा विस्तार गरेको छ । बैंकले शुक्रबार एक कार्यक्रम गरी नेपाल राष्ट्र बैंक सिद्धार्थनगरका निर्देशक राजेन्द्र भट्टराई र बैंकका प्रमुख कार्यकारी अधिकृत रत्न राज बज्राचार्यले संयुक्त रुपमा उक्त शाखाको उद्घाटन गरेका छन् ।
बैंकले १ सय ५ शाखा, २९ शाखारहित बैंकिङ सेवा, ४ एक्सटेन्सन काउण्टर तथा १ सय २० एटीएम मार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।



