रुसलानले ल्यायो नयाँ क्यालेण्डर, नायिका प्रियंका कार्कीको स्वीमसूट समावेश भएको फोटो |
काठमाडौं । रुसलानले नायिका प्रियंका कार्कीलाई समावेश गरिएको विशेष किसिमको क्यालेण्डर सार्वजनिक गरेको छ ।
रुसलानले नेपालमा पहिलो पटक हाइ– फेशनको स्वीमसूटमा छायाँकन गरिएको फेशनदार क्यालेण्डर बनाएको छ । कार्की रुसलानको सद्भभावना दूत हुन् । यो क्यालेन्डर ल्याउनुको उदेश्य विश्वव्यापी स्तरमा फेशनको उचाई पुर्याउने र सहकार्य गर्ने रहेको कम्पनिले जनाएको छ। क्यालेण्डरको छायाँकन फोटोग्राफर सञ्जोग राईले गरेका हुन् ।
प्रियंकाले भनिन् “रुसलान एक अद्भूत ब्राण्ड हो । अहिलेको व्यवसाय भनेको नै बजारमा तहल्का मच्चाउनु हो र जोखिमयुक्त तरिकाहरु एवं नवीन सिर्जनाको उपायद्वारा उपभोक्ता र दर्शकहरुसँगको सम्बन्धलाई नवीकरण गरिरहनु हो ।”
रुसलान स्वीमसूट क्यालेण्डरका प्रत्येक पाना अत्यन्त जटिल, सन्तुलित र स्तरीयताको अद्भुत समीश्रण भएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार योे छायाँकन भैरहवा स्थित टाइगर प्यालेस रिजोर्टमा गरिएको हो ।
कम्पनीका अनुसार बितेको ४० वर्षदेखि रुसलानले बजार प्रवद्र्धन र ब्राण्ड पहिचानमा नवीनतम सोच राख्ने गरेको छ । कम्पनीले रुसलान अल्ट्रा प्रिमियम भोडका र रुसलान गोल्ड रिजर्भ भोडका ल्याइसकेको छ ।



