खिचापोखरी टावरको बुकिङ खुल्ला, डिजिटल लाइटिङ सिस्टम भएको नेपालकै पहिलो कम्प्लेक्स बन्ने |
काठमाडौं । काठमाडौंको मुटु न्यूरोडको खिचापोखरीमा अत्याधुनिक व्यापारिक कम्प्लेक्स खिचापोखरी टावर निर्माण हुने भएको छ । नेपालमै पहिलो पटक डिजिटल लाइटिङ सिस्टम भएको व्यवसायिक भवनको निर्माण डीआरएन इन्टरनेशनल प्रालिले गर्न लागेको हो ।
नेपालका प्रतिष्ठित व्यवसायिक समूहले निर्माण गर्न लागेको यो सुविधा सम्पन्न कम्प्लेक्स विहिबारदेखि बुकिङ खुल्ला भएको छ।कम्प्लेक्स कुनैपनि कर्पोरेट अफिस र ब्राण्डेड शप खोल्न चाहनेले किन्न सक्नेछन्। यो व्यापारिक कम्प्लेक्समा ११३ देखि २७६ स्क्वायर फिट सम्मका सटर र ८३६ स्क्वायर फिट सम्मको फ्ल्याट बिक्रीमा छन् । ८ तल्ले यो कम्प्लेक्सको केही तल्ला ब्राण्डेड शप र केही तल्ला कर्पोरेट अफिसका लागि उपयुक्त छ । विहिबार बुकिङ खुल्ला हुने यो कम्प्लेक्स १६ महिनाभित्रै तयार हुनेछ ।
‘नेपालकै सुविधा सम्पन्न कम्प्लेक्स हामी निर्माण गर्दैछौं । हामीले काठमाडौंको मुटुमा अत्याधुनिक कम्प्लेक्स निर्माण गरेर सुलभ मूल्यमा विक्री गर्न खोजेका हौं । अहिले न्यूरोड क्षेत्रमा आफ्नो व्यवसायिक भवन वा पसल खोल्ने ठाउँ पाउन कठिन छ । त्यसैले न्यूरोडमा आफ्नो सम्पतिसहितको पसल खोल्ने सपना पूरा होस् भनेर कम्प्लेक्स निर्माण गरेका हौं,’ नेपाल हिमालय सीमापार वाणिज्य संघका संस्थापक अध्यक्ष एवं डीआरएन इन्टरनेशनल प्रालिका अध्यक्ष दुर्गाबहादुर श्रेष्ठले भने, ‘हामीले गुणस्तरमा कुनै सम्झौंता नगरि कम्प्लेक्स निर्माण गरेर सुलभ मूल्यमा फ्ल्याट र सटर बिक्री गर्छौं ।’
श्रेष्ठ रञ्जना ट्रेड सेन्टरका समेत संस्थापक लगानीकर्तामध्ये एक हुन् । उनकै सक्रियतामा रञ्जना ट्रेड सेन्टर स्थापना भएको हो।उनले कम्प्लेक्समा गरिने लगानी दीर्घकालिन भएको बताउँदै यस्तो सम्पत्तिमा गरिएको लगानीको प्रतिफल समेत उत्कृष्ट हुने दाबी गरे । ‘यो कम्प्लेक्समा गरिएको लगानी दीर्घकालिन हो । हामीले न्यूरोड क्षेत्रमै सबैभन्दा सस्तोमा सटर तथा फ्ल्याट बिक्री गर्दैछौ ।’ श्रेष्ठले भने । यो कम्प्लेक्स अगाडिको सडक ४८ फिटको भएकाले आवातजावतमा कुनै समस्या छैन ।
कम्प्लेक्स नजिकै ४२ रोपनी क्षेत्रफलमा पार्किङसहित धरहरा र आधुनिक पार्क निर्माणाधिन रहेकाले समेत यो आकर्षक रहेको कम्पनीको दाबी छ।यो पार्कले धेरै उपभोक्ताको चहलपहल कम्प्लेक्समा हुने भएकाले व्यवसाय गर्नहरुलाई सुनौलो अवसर भएको श्रेष्ठले दाबी गरे । कम्प्लेक्स निर्माण गर्दा उच्चस्तरीय निर्माण सामाग्रीको प्रयोग गरेर भूकम्प प्रतिरोधि बनाइने कम्पनीले जानकारी दिएको छ ।
कम्पनीका अनुसार २४सै घण्टा सुरक्षा,लिफ्ट, एयरकण्डिसन र फायर फाइटिङ सिस्टम रहनेछ। कम्पनीले कम्प्लेक्समा रिमोट कन्ट्रोलबाट चल्ने ट्रान्सपरेन्ट सटरहरु राख्नेछ जुन उपभोक्ताको समेत आकर्षण रहने विश्वास लिइएको छ।
कम्पनीका अनुसार फ्ल्याट किन्न तत्कालै पूरै रकम भूक्तानी गर्नुपर्दैन् । कम्पनीका अनुसार बुकिङको समयमा १५ प्रतिशत रकम भूक्तानी गरेर बाँकी रकम १५ किस्तामा मासिक रुपमा भूक्तानी गर्न पाइनेछ। कम्पनीले फ्ल्याट बुकिङका लागि ५० प्रतिशतसम्मको फाइनान्सको सुविधा समेत रहेको जनाएको छ।
Visited 3 times, 1 visit(s) today


