रिद्धीसिद्धि सिमेन्टको अन्तरक्रिया कार्यक्रम सम्पन्न |
काठमाडौं । शंकर ग्रुप र अम्बे गु्रपको संयुक्त लगानीमा मकवानपुरको हेटौंडामा निर्माणाधीन रिद्धिसिद्धि सिमेन्टले उत्पादनको पूर्वसन्ध्यामा जनकपुर, बर्दिवास, बीरगञ्ज र हेटौंडा लगायतका स्थानमा निर्माण सामाग्री विक्रेताहरुसँग भेटघाट एवं अन्तरक्र्रिया गरेको छ ।
कार्यक्रममा बोल्दै शंकर ग्रुपका प्रबन्ध निर्देशक एवं युवा उद्यमी साहिल अग्रवालले रोबोटिक प्रविधिले गर्दा उत्पादित सिमेन्टको गुणस्तरमा एकरुपता हुने र लेजरसिल प्रविधिले सामान्य बोरामाभन्दा कम चुहावट हुने बताए ।

त्यसैगरी शंकर ग्रुपका कार्यकारी निर्देशक आनन्द नेपालले रिद्धिसिद्धि सिमेन्टमा गुणस्तर शतप्रतिशत कायम गरिने बताउँदै छिट्टै सिमेन्टले उपभोक्ताको विश्वास जित्ने दावी गरे ।
रिद्धिसिद्धि सिमेन्टका महाप्रबन्धक मुकुन्द घिमिरेले उत्पादन आम उपभोक्तामैत्री हुने बताउँदै स्थानीय बजारमा बलियो उपस्थिति रहने दावी गरे ।
कार्यक्रममा उल्लेखनीय संख्यामा निर्माण सामाग्री विक्रेताहरुको उपस्थिति रहेको थियो । कार्यक्रमका सञ्चालक ब्राण्ड म्यानेजर अनुज कुमार महतले सहभागीहरुको जिज्ञासाको जवाफ दिँदै सिमेन्टको बजारीकरणमा नयाँ अभियान तथा जनचेतनामुलक कार्यक्रम चलाइने बताए ।




