एनएमबी बैंकद्वारा हेरिटेज वाक तथा सम्पदाको फोटो प्रदर्शनी आयोजना |
काठमाडौं । एनएमबि बैंकले विश्व सम्पदा दिवसको उपलक्षमा ८औं हेरिटेज वाक २०१९ आयोजना गरेको छ । बैंकले विगत वर्षहरुदेखि आमजनमानस तथा स्थानीय समुदायलाई सम्पदाको महत्व बुझाउनु तथा तीनको उचित संरक्षण गर्नुपर्छ भन्ने उद्देश्यले हेरिटेज वाक कार्यक्रम आयोजना गर्दै आएकोछ ।
बैंकले विगत ७ वर्षदेखि हेरिटेज वाकको आयोजना गर्दै आएको छ । कार्यक्रमको उद्घाटन बैंकका संचालकहरु तथा प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले संयुक्त रुपमा गरेका छन् ।
हेरिटेज वाक बैंकको सितापाइला शाखा कार्यालयबाट शुरुवात भई स्वयम्भूनाथमा पुगि समापन भएको थियो । स्वयम्भूनाथ परिसरमा सरसफाई तथा फोटो प्रदर्शनी गरिएको थियो ।
प्रदर्शनीमा बैंकका कर्मचारीहरुद्वारा खिचिएको देशका विभिन्न सम्पदाहरुको उत्कृष्ट फोटोहरु राखिएको थियो । बैंकले स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिका प्रतिनिधिलाई १६ थान डष्टवीन समेत हस्तान्तरण गरेकोे थियो ।
बैंकले हेरिटेज वाकको उपलक्ष्यमा आफ्नो सातैवटा प्रादेशिक कार्यालयमर्फत विभिन्न सम्पदाहरुको सरसफाई कार्यक्रम समेत संचालन गरेको छ ।




