वर्लपुलले संचालनमा ल्यायो बौद्ध र लाजिम्पाटमा शोरूम |
काठमाडौं । वर्लपुलको शोरूम काठमाडौंको बौद्ध र मेट्रोपार्क लाजिम्पाटमा खुलेको छ । वर्लपुल होम नामबाट एकैदिन खोलिएको शाखाको उद्घाटन नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठ र वर्लपुलका क्षेत्रीय निर्देशक शिवम बाबुले गरेका छन् ।
अमेरिकाको चर्चित ब्राण्ड वर्लपुलको नेपालका लागि आधिकारिक विक्रेताको रूपमा लोमश डिजिटल प्रालिले काम गरिरहेको छ ।
नयाँ शोरूममा वर्लपुल ब्राण्डका सबै प्रकारका घरायशी सामानहरू उपलब्ध हुनेछन् । वर्लपुल होममा वर्लपुलका विद्युतीय घरायसी उत्पादनहरु वासिङ्ग मेशिन, फ्रिज, माइक्रोओभन, एयरकन्डिसन, पङ्खालगायतका सामानहरू उपलब्ध छन् । उच्च र मध्यम वर्गीयलाई लक्षित गरी शोरुम खोलिएको सञ्चालक प्रज्वलजंग पाण्डेले जानकारी दिए ।
शोरूममा १२ हजारदेखि २ लाखसम्मका विधुतिय सामाग्रीहरु राखिएका छन् । शोरूम खोलिएको अवसरमा कम्पनीले ग्राहकहरुलाई विशेष उपहार समेत दिने भएको छ । यो उपहार योजना दुई हप्तासम्म रहने सञ्चालक पाण्डेले जानकारी दिए ।
सामान किस्ताबन्दीमा खरिद गर्न फाइनान्सको सुविधा समेत रहेको कम्पनीले जानकारी दिएको छ ।



