कालिमाटीमा प्रभु बैंकको एक्स्टेन्सन काउन्टर |
काठमाडौं । काठमाडौं महानगरपालिका कालिमाटीस्थित फलफुल तथा तरकारी बजारमा प्रभु बैंकको कालिमाटी शाखा कार्यालयले एक्स्टेन्सन काउन्टर स्थापना गरी सञ्चालनमा ल्याएको छ । कालिमाटी फलफुल तथा तरकारी बजार विकास बोर्डका कार्यकारी निर्देशक तेजेन्द्र प्रसाद पौडेलले एक समारोहका बीच कालिमाटी शाखा एक्स्टेन्सन काउन्टरको उद्घाटन गरेका थिए ।
बैंकले कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिमा आवद्ध कृषि तथा फलपूmल व्यवसायीहरुसँग प्रत्यक्ष सम्पर्क सम्बन्ध स्थापित गरी बैंकिङ पहुँच विस्तार गरी कृषि क्षेत्रको विकास एवं प्रवद्र्धन तथा बजारीकरणमा प्रत्यक्ष टेवा पुग्ने बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यले कालिमाटीमा आफ्नो एक्स्टेन्सन काउन्टर सञ्चालनमा ल्याएको जनाएको छ ।



