एनआईसी एसियाले थप्यो ३ नयाँ शाखा |
काठमाडौं । एनआईसी एसिया बैंकले काठमाडौं उपत्यकाभित्र दुई र पर्साको जगरनाथपुुुरमा एक गरी ३ नयाँ शाखा थपेको छ ।
बैंकले भक्तपुरस्थित राधेराधे र दुवाकोटमा शाखा खोलेको छ । राधेराधेको उद्घाटन वडा अध्यक्ष अमृतमान श्रेष्ठ र दुवाकोटको वडा अध्यक्ष शिवहरि केसीले गरेका छन् । जगरनाथपुुुर गाउँपालिकाका अध्यक्ष जालिम मियाँले त्यहाँको शाखा उद्घाटन गरेका छन् ।
अब बैंकको शाखा संख्या २८१ पुगेको छ । बैंकका २८९ एटीएम, ४० एक्सटेन्सन काउन्टर र २३ शाखारहित बैंकिङ सेवा केन्द्र छन् ।



