धुलिखेल माउण्टेन रिसोर्टमा मुक्तिनाथ विकास बैंकका ग्राहकलाई विशेष छुट |
काठमाडौं । मुक्तिनाथ विकास बैंक र धुलिखेल माउण्टेन रिसोर्ट, धुलिखेलबीच छुटसम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौता अनुसार मुक्तिनाथ विकास बैंकका भिजा डेविट कार्ड भएका सबै ग्राहकहरुले उक्त रिसोर्टवाट विभिन्न सेवा सुविधामा १०५ सम्मको विशेष छुट लिन सक्ने बैंकले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ ।
सम्झौतापत्रमा मुक्तिनाथ विकास बैंकका बजारीकरण विभागका प्रमुख बसन्त बक्सी र धुलिखेल माउण्टेन रिसोर्टका विक्री तथा बजारीकरण विभाग अधिकृत भगीरथ प्रताप सिंहले हस्ताक्षर गरे ।
मुक्तिनाथ विकास बैंकले देशैभरी १ सय १४ वटा शाखा, २२ वटा एटीएमबाट छ लाख ग्राहकलाई बैकिङ्ग सेवाहरु प्रदान गर्दै आएको जनाएको छ ।


