आइएमई जनरल इन्स्योरेन्स र भरपर्दो कृषक बचत तथा ऋण सहकारी संस्था बिच सम्झौता |
काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र भरपर्दो कृषक बचत तथा ऋण सहकारी संस्था लिमिटेड बिच संस्थाका सदस्य विद्यार्थीहरुको लागि आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले नेपालमा नै पहिलो पटक जारी गरेको आइजीआई विद्याथी बीमालेखमार्फत सेवा लिने दिने सम्बन्धि सम्झौता भएको छ ।
उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र भरपर्दो कृषक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रमेश तिमल्सिनाले हस्ताक्षर गरे । यस सम्झौता पश्चात सहकारी संस्थामा निश्चित रकम राखी खाता संचालन गर्ने सदस्य विद्यार्थीहरुलाई बीमा सेवा प्रदान गर्ने गरी यो संझौता भएको छ ।
उक्त अवसरमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले सहकारी संस्थाले आफैले बीमा शुल्क भुक्तानी गरेर आफना विद्यार्थी ग्राहक महानुभावहरुको व्यक्तिगत दुर्घटना, औषधोपचार तथा मासिक शुल्क समेत साथै निज विद्यार्थीको आमा वा बुबाको हकमा दुर्घटना बीमा समेतको रक्षावरण गर्ने गरी नेपालमा नै पहिलो पटक जारी भएको बीमालेख मार्फत सेवा प्रदान गर्न इच्छुक भई संझौता गरेकोमा संस्थाका अध्यक्ष लगायत सम्पूर्ण पदाधिकारीहरुलाई धन्यवाद दिए ।
उक्त कार्यक्रममा भरपर्दो कृषक सहकारी संस्थाका अध्यक्ष रमेश तिमल्सिनाले आफ्नो संस्थासंग आवद्ध विद्यार्थीहरुलाई निːशुल्क यो सेवा प्रदान गर्न पांउंदा खुशी लागेको र आइएमई जनरल इन्स्योरेनस लिमिटेडसंगको सहकार्यमा आफूले आफना ग्राहकहरुलाई निर्जीवन बीमा सम्बन्धि सम्पूर्ण सेवा प्रदान गर्न पाएकोमा आइजीआई परिवारलाई भन्यवाद दिए ।


