कामना सेवाको ८२औंं शाखा धरानमा |
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तारको क्रममा सुनसरी जिल्लाको धरान उपमहानगरपालिका वडा नं ६ स्थित छाता चोकमा मंगलबार ८२औं शाखा कार्यालय स्थापना गरि कारोबार शुभारम्भ गरेको छ ।
बैंकका संचालक देव कृष्ण काफ्ले तथा बैंकका प्रदेश नं. १ प्रमुख सुजन राईले नयाँ वर्षको शुभकामना प्रदान गर्दै संयुक्त रूपमा कारोबार शुभारम्भ गरेको हो ।
सुनसरी उध्योग वाणिज्य संघका उपाध्यक्ष गिरीधरी सापकोटाको उपस्थिति रहेको उक्त कार्यक्रममा प्रदेश प्रमुख राईले बैंकको संक्षिप्त जानकारी गराउदैं प्रदेश नं १ मा यो सँगै ६ वटा शाखा पुगिसकेको र निकट भविष्यमा थप शाखाहरु सञ्चालनमा आउने बताए ।
व्यापार विस्तारलाई तीव्रता दिने उद्धेश्य सहित बैंकले पर्यटकीय तथा व्यापारिक नगर धरानमा शाखा स्थापना गरेको बैंकले जानकारी दिएको छ ।


