महालक्ष्मी विकास बैंकको ‘मेरो बचत खाता’ सञ्चालनमा |
काठमाडौं । महालक्ष्मी विकास बैंकले नव वर्ष २०७६ को अवसरमा ग्राहक वर्गलाई बैंकमा खाता खोल्न प्रोत्साहन गर्दै खौलौँ बैंक खाता अभियान २०७६ अन्तर्गत ‘मेरो बचत खाता’ बजारमा ल्याएको छ ।
बैशाख १ गतेदेखि खोल्न सकिने मेरो बचत खाता अन्तर्गत खाता खोल्ने ग्राहकलाई बैकले रु. १०० खातामा जम्मा गरिदिने जानकारी दिएको छ ।
साथै बचतमा उच्चतम ७५ सम्मको त्रैमासिक ब्याजदर, निːशुल्क चेकबुकलगायत निːशुल्क एबीबीएसको सुविधा दिने बैंकले उल्लेख गरेको छ ।
यस बैंकमा मेरो बचत खाता खोल्ने प्रकृया निकै नै सरल रहेको छ । जसमा ग्राहकको नागरिकता, राहदानी, फोटोसहितको मतदाता परिचयपत्र, सवारी चालक अनुमतीपत्र अथवा कुनै पनि सरकारी निकायले जारी गरेको फोटोसहितको ग्राहकको परिचय खुल्ने कागजातको आधारमा खाता खोल्न सकिने छ ।
देशभर ९२ वटा शाखा तथा ३५ वटा एटीएममार्फत बैकिङ्ग कारोबार गर्दै आएको यस बैंकले आगामी दिनहरुमा आफ्ना ग्राहकलाई थप सेवा–सुविधा प्रदान गर्ने प्रतिवद्वता जनाएको छ ।

