ज्योति लाइफ इन्स्योरेन्सद्वारा दाबी भुक्तानी |
काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले एनआईसी एसिया बैंकमार्फत बीमालेख जारी गरेका दिनेश खड्गीको मृत्यु भएपछि उनकी श्रीमती सुमित्रा खड्गीलाई एनआईसी एसिया बैंकको केन्द्रीय कार्यालयमा बैंकका सहायक कार्यकारी प्रमुख सन्तोष राठीले दावी रकम हस्तान्तरण गरेका छन् ।
उक्त कार्यक्रममा सुमित्रा खड्गीले दाबी भुक्तानी छिटो उपलव्ध गराईदिएकोमा कृतज्ञता व्यक्त गरेका थिइन् ।

