७३ लाख विद्यार्थीलाई लक्षित गरि आईजीआई विद्यार्थी बीमालेख शुरु |
काठमाडौं । आईएमई जनरल इन्स्योरेन्स लिमिटडेले कक्षा १ देखि १२ सम्म पढने विद्यार्थीलाई लक्षित गरी (आईजीआई विद्यार्थी बीमालेख) शुरु गरेको छ ।
आईएमई जनरल इन्स्योरेन्स लिमिटडेले हरेक क्षेत्रलाई समेटदै निर्जीबीमाको क्षेत्रमा आफनो छुट्टै पहिचान स्थापित गर्ने उद्देश्यले कक्ष १ देखि १२ सम्म अध्ययनरत विद्यार्थीहरुलाई बीमा सुरक्षा प्रदान गर्ने हेतुले आईजीआई विद्यार्थी बीमालेखको सुभारम्भ गरेको हो ।
यस बीमालेखले सम्बन्धित विद्यार्थीहरुको सुरक्षा प्रदान गर्नुका साथै निजको माता पितको पनि सुरक्षा प्रदान गर्नेछ । विद्यार्थीको २४ सैं घण्टा सुरक्षा प्रदान हुनेछ भने कथंकदाचित कुनै दुर्घटनाबाट पर्नजाने आर्थिक भारबाट सम्बन्धितट अभिभावक र विद्यालयलाई मुक्त गर्ने आईएमई जनरल इन्स्योरेन्सले दाबी गरेको छ ।
उक्त इन्स्योरेन्सले कृषिको लागि पनि थुप्रै सेवाहरु ल्याएको छ । कृषिमा पनि मौरी पालनको बीमा गर्ने प्रथम कम्पनीको रुपमा कार्य गरिरहेका र शिक्षको लागि यो बीमालेखले राम्रो सेवा प्रदान गर्ने र बजार हिस्सा ओगट्ने लक्ष्य लिइएको र ग्राहकको माग बमोजिम नयाँ नयाँ सेवामहरु दिदै जाने संस्थाका कार्यकारी अधिकृत युगेशभक्त बादेले बताए ।
हाल नेपालमा विद्यालय स्तरम ७३ लाख विद्यार्थीहरु अध्ययनरत छन् । जसमध्ये प्राइभेट स्कुहरुमा करिब १८ लाख विद्यार्थी अध्ययनरत छन् ।
हरेक दिन कुनै न कुनै घटना तथा दुर्घटनामा विद्यार्थी परिरहेको खबर आउने गरेको छ । जसबाट सम्बन्धित अभिभावकहरु त्था विद्यालयले ठुलो आर्थिक व्ययाभार बोक्नु परेमा अब यो बीमालेख पश्चात अभिभावक तथा विद्यालयलाई आर्थिक बोझ नहुने अपेक्षा सहित विद्यालयलाई यसबाट ठुलो टेवा पुग्ने इस्योरेन्सले बताएको छ ।

