प्रभु बैंकको शाखा गोरखाको पालुङटारमा, आधुनिक प्रविधि सहितको सेवा |
काठमाडौं । प्रभु बैंक लिमिटेडले गोरखाको पालुङटार नगरपालिका ५ मा शाखा विस्तार गरेको छ । बैंकले संचालनमा ल्याएको उक्त शाखा पालुङटार नगरपालिकामै निजी क्षेत्रको पहिलो बैंक बन्न सफल भएको छ ।
बिहीबार देखी संचालनमा आएको उक्त शाखामार्फत अत्याधुनकि प्रविधि सहितको गुणस्तरीय बैंकिङ सेवा उपलब्ध हुने बैंकले जानकारी दिएको छ । साथै नगरपालिकाको समग्र आर्थिक विकासमा टेवा पुग्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।

