नयाँ वर्ष २०७६ उत्कृष्ट शैलीमा मनाउने सोचिरहनु भएको छ, ओयोले ल्याएको छ यस्ता प्याकेजहरु |
काठमाडौं । नेपाल साँच्चै नै सांस्कृतिक विविधताले भरिपूर्ण देश हो र जब समय बिताउनका लागि ठाउँ रोज्ने अवस्था आउँछ, तब यहाँ विकल्पहरूको कहिल्यै कुनै कमी हुँदैन । विश्वभरका मानिसहरु विभिन्न कारण बोकेर नेपालको भ्रमण गर्छन् । कसैलाई हिमाल पहाडले लोभ्याएर ल्याउँछ, कोही यहाँको संस्कृतिमा मन्त्रमुग्ध भएर आउँछन्, त कोही अध्यात्मिक संगतिप्रतिको आफ्नो मोहलाई पछ्याउँदै आउँछन् ।
नेपाली नयाँ बर्ष २०७६ हजारौंमा एक प्रकारको एउटा यस्तो उत्सव हो, जहाँ सबै उमेरका मानिसहरु सक्रिय रुपमा सहभागी भएर खुसीयाली मनाउँछन् । यो उत्सव हरेक समूहका सबैजना मानिसहरु एकसाथ आएर गत वर्षहरुमा हासिल गरेका उपलब्धीलाई मनाउँने र नयाँ वर्षलाई उत्साह र उमंगका साथ सुरु गर्ने अवसर हो ।

जब तपाईं सबै मिलि एकसाथ धमाकेदार सुरुवात गर्ने तयारी गरिरहनु भएको छ, ओयो होटल नेपालले केही रमाईला गतिविधिहरुको सूचि बनाएको छ, जुन तपाईं आफ्नो परिवार र प्रियजनहरुसँग अनुभव गर्न सक्नुहुन्छ ।
१) सडक महोत्सवको रमाइलो ː बिदासँगै पार्टी गर्ने मौसमको सुरुवात भैसकेको छ । कार्यालयको पार्टी, अथवा निकटतम साथी र परिवारसँगको भेट्घाटको कार्यक्रम, यहाँ यसप्रकारका ‘स्ट्रीट् पार्टी’ हरुको कहिले कमि हुँदैन, जसमा लाइभ् म्यूजिक र डिजेहरुको धमाकेदार प्रदर्शन पनि समावेश हुन्छ । यस्तो पार्टीहरुमा आकर्षक उपहारसहितका रमाइलो खाले प्रतियोगिता र लक्की ड्र जस्ता कार्यक्रम पनि हुन्छन् । यस्ता कार्यक्रमहरु विशेष गरि बसन्तपुर दरबार स्क्वायर, किर्तिपुर तथा सपिङ्ग मलहरुमा आयोजना गरिन्छ । यी कार्यक्रमहरुमध्ये कुनै अगाडि नै टिकट लिनुपर्ने प्रकारका हुन्छन भने कुनैमा निːशुल्क प्रवेश गराइन्छ । कतिपय स्थानहरुमा पुराना संस्कृति र रिति रिवाज तथा प्रथाहरु झल्काउन जात्राको पनि आयोजना गरिन्छ, जसमा आफ्नो परिवारसँग रमाईलो समय बिताउँन सकिन्छ । तपाईं अद्भुत आतिथ्यको अनुभव लिन चहानुहुन्छ भने काठमाडौं र पोखराका ओयो होटलहरुमा बस्न पनि सक्नुहुन्छ ।
२) सूर्योदय अवलोकन गर्ने ː सुन्दर र मनमोहक सूर्योदयको सुन्दरतालाई नियालेर तपाईंले समयप्रतिको आफ्नो धारणामा नै परिवर्तन ल्याउन सक्नुहुन्छ । कवि र लेखकहरूले भावनामा डुबेर सुर्योदयको जुन बखान गरेका छन्, त्यसको पछाडीको कारण आफैँमा अनन्त छ, समयको घेराभन्दा पर छ । त्यसैले त सूर्योदय अवलोकन गर्नुलाई स्वास्थ्य र इन्द्रियहरुलाई जगाउने पुरानो शैली सँग जोडेर हेरिन्छ, जुन आफैंमा पनि नयाँ सुरुवातको प्रतिबिम्ब हो । यदि तपाईं रोमान्टिक हुनुहुन्छ र तपाईंलाई सुर्योदयको रङ्गले हाम्रो सुक्खा जीवनमा खुशी छर्छ भन्ने अनुभव हुन्छ भने तपाईंसँग पोखरा घुम्ने विकल्प छ, जुन नेपालमा सूर्योदय हेर्ने सर्वाचित स्थान हो । निसन्देह हरेक दिन सुर्योदय हेर्न भनेरै रातिको २ बजे ड्राइभ गर्दै पोखरा जाने कुरा हुँदैन, त्यसैले तपाईं नयाँ वर्षको इभ मनाउँन पोखराको यात्रा गर्न सक्नुहुन्छ र उत्सव सकिएपछि ओयो २३३ होटल सबलाईम पोखरा अथवा ओयो २९५ आशा लजमा बसेर सुन्दर हिमाल हेर्दै आनन्द लिन सक्नुहुन्छ ।

३) हृदय खोलेर नाच्ने ː हामीलाई आफुलाई मनपर्ने गीतमा नाच्न पाउँदा किन यस्तो रमाइलो अनुभव हुन्छ? क्लबहरूमा पार्टी गर्ने क्रममा तालमा ताल मिलाउँदै नाच्दा त मनमा नै जुन तरङ्ग पैदा हुन्छ, त्यसलाई अरू कुनै अनुभवले टक्कर दिने सक्दैन । तर यदी तपाईं क्लब गएर रमाइलो गर्नेमध्ये पर्नुहुन्न भने तपाईंले आफ्नै साथीहरुको सानो समूह बनाएर आफ्नो छनोटको ओयो होटलमा रमाइलो थिम पार्टी आयोजना गर्न सक्नुहुन्छ । यदि तपाईं पार्टीलाई निरन्तर जारी राख्न चहानुहुन्छ भने ठमेल स्थीत ओयो १३१ होटल मिलारिपा तपाईंको लागि उपयुक्त छ ।
४) मन्दिर भ्रमण ː अब तपाईंले बाँकी सबै पर्यटकले गर्नेजस्तै सबै किनमेल गरिसक्नुभयो, मलहरु चाहार्दा–चाहार्दै थाकिसक्नुभयो, र अब तपाईंलाई नेपालको संस्कृति पनि झल्किने तर आनन्द पनि लिन मिल्ने शान्त ठाउँ भए हुन्थ्यो जस्तो लाग्छ ? संस्कृति र परम्पारिक ठाउँहरू नै हेर्नका लागि नेपालका मन्दिरहरूको भ्रमण गर्नु सबैभन्दा राम्रो उपाय हो । यस्ता ठाउँहरू सांस्कृतिक रूपमा त सुन्दर छन् नै, साथै यहाँको माहौलले पनि नयाँ वर्षको सुरुवात एक प्रकारको अध्यात्मिक अनुभवका साथ गर्न सहयोग गर्छ ।
किर्तिपूरको दक्षिण–पश्चिममा अवस्थीत चम्पा देविको मन्दिरमा नयाँ वर्षको दिन देवीको दर्शनका गर्न आएका धौर्यवान धर्मावलम्बीहरूको भीड हुन्छ । त्यस्तै नजिकै पशुपतिनाथ मन्दिर रहेको छ त्यहाँ तपाईंहरु ओयो १०५ होटल ट्राभल इनमा बस्न सक्नुहुन्छ । त्यस्तै अर्को विकल्प भनेको बौद्धनाथ रहेको छ जहाँ तपाईंले ओयो २९३ होटल रोयल बौद्धमा रात बिताउन सक्नुहुन्छ । यसैसँग तपाईंले प्रत्येक नयाँवर्षको दिनमा चम्पा देवी मन्दिरमा लाग्ने सांस्कृतिक मेला पनि हेर्न पाउनुहुन्छ ।

५) पारिवारिक समय ː सम्पूर्ण परिवारनै कसरी रमाइलो गर्ने भनेर योजना बनाउन संलग्न हुँदा तपाईंसँग यस्ता विशेष क्षणहरुको अनुभव लिन प्रशस्तै अवसरहरु उपलब्ध हुन्छन् । यस नयाँ वर्षको पुव–सन्ध्यामा आफ्नो परिवारसँग विभिन्न रमाइला गतिविधिमा संलग्न भएर तपाईंलाई अत्यावश्यक सकारात्मक उर्जा बटुल्नुहोस् । नेपालमा नयाँ वर्षको समय पारेर कतै पार्कमा बसेर ‘वनभोज’ खानु, अथवा घरमा आफन्तहरू भेला पारेर घरमै पाकेका खाना खाँदै रमाइलो गर्नु सबैभन्दा प्रचलित गतिविधि हुन् । तपाईं परिवारसँग पार्कमा गएर फुटबल नखेल्ने स्वभावको हुनु होला, त्यस्तो अवस्थामा तपाईंले घरमै बसेर पूरै परिवारसँग तास खेल्न सक्नुहुन्छ ।
अझै रमाइलो बनाउने ? खाजा र पेय पदार्थ पनि समावेश गरेर तपाईंले मज्जालाई दोब्बर बनाउन सक्नुहुन्छ । तर आफ्नो प्रतिस्पर्धात्मक पक्षलाई हाबी हुन चाहिँ नदिउँ है, नत्र बर्षको अन्त्यमा आएर झगडा पर्यो भने त रमाइलो खल्लो हुन्छ नि! तर यदी सधैँ एकै ठाउँमा रमाइलो गरेर झ्याउ लागिसक्यो र नयाँ ठाउँ खोज्दै हुनुहुन्छ भने ओयो ११४७४ गंगौर रेसिडेन्सीमा कोठा बुक गरेर रमाइलो गर्न सक्नुहुन्छ ।
रमाइलो गर्नका लागि योजना बनाउन किन ढिलो गर्ने ? त्यसैले अहिलेबाटै योजना बनाउन शुरु गरौँ, नयाँ वर्ष २०७६ लाई अझै यादगार बनाउ ।

