जनता बैंक दशौं वर्षमा, ७०.९४ अर्ब निक्षेप संकलन र ६५.६९ अर्ब कर्जा लगानी |
काठमाडौं । जनता बैंक नेपाल लिमिटेड चैत २३ गतेदेखि ९ वर्ष पूरा गरि १० औं वर्षमा प्रवेश गरेको छ । यस अवधिसम्ममा बैंकले ७०.९४ अर्ब निक्षेप संकलन र ६५.६९ अर्ब कर्जा लगानी गरेको जानकारी दिएको छ ।
दश वर्ष अवधिमा बैंकको शाखा संख्या १२८, एटीम ९४ वटा तथा ५० शाखा रहित बैंकिङ्गबाट कारोबार गर्दै आएको छ । साथै बैंकिङ्ग यात्रामा निरन्तर साथ दिएका सम्पूर्ण ग्राहकवर्ग, शेयरधनी महानुभावहरु, नियमनकारी निकायहरु तथा शुभ चिन्तकहरु प्रति बैंकले कृतज्ञता प्रकट गरेको छ ।
दशौं वर्ष प्रवेशको यस शुभ–अवसरमा समाज प्रतिको दायित्व पुरा गर्न बैंकले चैत २३ गते बिहान बैकिङ्ग साक्षरता सम्बन्धी चेतना मुलक ब्यानर र प्लेकार्ड सहित प्रभातफेरी गरेको छ ।
यसैगरि ‘स्वस्थ्य नारी पहल’ अभियान अन्तर्गत केन्द्रीय कार्यालय, सेन्ट्रल बिजनेस पार्क, थापाथली, कुन्तावेशी शाखा, काभ्रेपलाञ्चोक, सुर्खेत शाखा, विरेन्द्रनगर रुपनी शाखा, सप्तरीमा स्वास्थ्य शिविर आयोजना गरेको थियो ।
बैंकले थापाथली, सुर्खेत, घोराही, नारायणघाट, पोखरा, भैरहवा, नेपालगञ्ज, धनगढी लगायतका शाखाहरुमा बृहत रक्तदान कार्यक्रमबाट १६० प्वाइन्ट रगत संकलन गरेको छ ।

