सानिमा लाईफ र कैलास विकास बैंकबीच बैंककासुरेन्स सम्झौता |
काठमाडौं । सानिमा लाईफ इन्स्योरेन्स र कैलास विकास बैंकबीच बैंकासुरेन्स सम्बन्धि सम्झौता भएको छ । गत शनिबार एक कार्यक्रमका बीच बैंक र ईन्स्योरेन्सबीच बीमा सेवा प्रदान गर्ने बारेमा सम्झौता भएको हो ।
सानिमा लाईफ ईन्स्योरेन्सका महाप्रबन्धक शिवराम तिमिल्सीना तथा बैकका प्रमुख कार्यकारी अधिकृत अमृत चरन श्रेष्ठले सो सम्झौतामा हस्ताक्षर गरेका हुन ।
सम्झौता अनुशार ग्राहकहरुले कैलाश विकाश बैकका सम्पुर्ण ९१ शाखाहरु बाट सानिमा लाईफ इन्स्योरेन्सको उत्कृष्ट जीवन वीमा सेवा उपभोग गर्न सक्ने छन् ।

