सनराइज बैंकको नयाँ शाखा ठेंचोमा |
काठमाडौं । सनराइज बैंकले ललितपुरस्थित ठेंचोमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । आइतबार आयोजित एक कार्यक्रमका बीच गोदावरी नगरपालिकाको मेयर गजेन्द्र महर्जन र बैंक सञ्चालक समितिका सदस्य बच्छराज तातेडले संयुक्त रूपमा उद्घाटन गरेका थिए ।
सो कार्यक्रममा सञ्चालक समितिका सदस्यहरु ओमकृष्ण जोशी, शारदा शर्मा पुडासैनी, नायब महाप्रबन्धक अपछकुमार यादवलगायतको उपस्थिति रहेको थियो ।
यससँगै बैंकको शाखा संख्या १०४ वटा पुगेको छ । साथै बैंकले २८ वटा शाखारहित बैंकिङ सेवा, ४ वटा एक्सटेन्सन काउन्टर, ११९ वटा एटीएममार्फत ५ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको जानकारी दिएको छ ।



