सरकारलाई बधाई छ, अब काम गर्ने बेला आएको छ : विनोद चौधरी |
काठमाडौं । नेपालका चर्चित व्यवसायी विनोद चौधरीले सरकारले आयोजना गरेको लगानी सम्मेलनबाट आफू उत्साहित बनेको बताएका छन् । उनले नेपालको समृद्धिका लागि पूर्वाधार विकास गर्नस्वदेशी तथा विदेशी लगानीकर्तालाई नेपाल लगानी गर्ने उत्कृष्ट गन्तव्य भनेर चिनाउन र लगानीका लागि आग्रह गर्न यस्तो सम्मेलनको आयोजना गरेकोमा सरकारलाई धन्यावाद दिँदै यो सरकारप्रति आफ्नो गहिरो विश्वास रहेको खुलासा गरेका छन् ।
उनले भने, ‘मेरो हेडक्वार्टर नेपालमा छ, यो भावनात्मक सम्बन्ध होइन । यो मेरो सरकारप्रति गहिरो विश्वास हो । सरकारलाई बधाई छ, अब काम गर्ने बेला आएको छ । धेरै मल्टिनेशनल कम्पनी नेपाल भित्रिँदै छन्, यो खुशीको कुरा हो ।’
चौधरी ग्रुपले लगानीसम्बन्धी चारवटा समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गरेको छ । ग्रुपले मल्टी मोडल लजिस्टिकका सर्राफ ग्रुप, ६ सय मेगावाटको सोलार प्लान्टमा लागि क्यानडाको स्काइ पावर, टेलिसेल र सोलार पावरका लागि प्रदेश २ सरकारसँग समझदारी गरेको छ ।

