मुक्तिनाथ विकास बैंकको एकैदिन २ नयाँ शाखा संचालनमा, ६ लाख ग्राहकलाई बैंकिङ सेवा प्रदान |
काठमाडौं । मुक्तिनाथ विकास बैंकले एकैदिन २ नयाँ शाखा कार्यालयहरु संचालनमा ल्याएको छ । बैंकले सोमबार छुट्टाछुट्टै कार्यक्रमको आयोजना गर्दै दाङ जिल्लाको घोराही र वर्दिया जिल्लाको गुलरीयामा उक्त नयाँ शाखा कार्यालयहरु संचालनमा ल्याएको हो ।
घोराही शाखाको उद्घाटन घोराही उप–महानगरपालिकाका मेयर नरुलाल चौधरीले गरेका हुन भने गुलरीया शाखाको उद्घाटन गुलरीया नगरपालिकाका मेयर मुक्तिनाथ यादवले गरेका हुन ।
मुक्तिनाथ विकास बैंकले देशैभरी आफ्ना १ सय १४ वटा शाखा, २२ वटा एटीएम र करिब ६ लाख ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ ।



