कोरियन भाषा परीक्षा शुल्क इसेवाबाट भुक्तानी गर्न सकिने |
काठमाडौं । वैदेशिक रोजगारीका लागि कोरिया जान इच्छुक नेपाली नागरिकले भाषा परीक्षाको आवेदन शुल्क इसेवामार्फत भुक्तान गर्न सक्ने भएका छन् । राति १२ बजेदेखि बिहान नौं बजेसम्म इसेवामार्फत १७ हजारले शुल्क भुक्तानी गरिसकेको इसेवाले जानकारी दिएको छ ।
चैत ८ गतेदेखि १७ गतेसम्म सेवाग्राहीहरूको पायक पर्ने स्थानमा रहेका इसेवाका सम्पूर्ण एजेन्ट पार्टनरका अतिरिक्त स्मार्ट फोन वाहक सेवाग्राहीहरू आफैंले इसेवा एप डाउनलोड गरि सिधैं परीक्षा शुल्क भुक्तानी गर्न सक्ने छन् ।
परीक्षाका लागि २४ अमेरिकन डलर दस्तुर लाग्नेछ । भुक्तानी गर्ने दिनको विनिमय दरका आधारमा डलरको मूल्य तलमाथि हुनसक्छ ।



