अन्तरराष्ट्रिय नारी दिवसको अवसरमा फोर्ड ५ किमी फन रन सम्पन्न |

काठमाडौं । नेपालका लागि फोर्ड गाडीको आधिकारिक विक्रेता जिओ फोर्डले अन्तरराष्ट्रिय नारी दिवसको अवसरमा यही चैत्र २ गते शनिवारको दिन हाइयर ग्राउन्ड र पाङ्ग्रोको संयुक्त आयोजनामा ५.२ किमी फन रनको आयोजना गरेको थियो । उक्त कार्यक्रममा १२०० भन्दा बढी महिला, बालबालिका र पुरुषहरुको सहभागिता रहेको थियो । विगतका वर्षहरुमा पनि फोर्डले महिला सशक्तिकरणका कार्यक्रमहरु आयोजना गर्दै आएको छ ।

उक्त दौड प्रतियोगितामा महिलातर्फ रसिला तमाङ्ग प्रथम, गनिसा महर्जन दोस्रो र सुरेयन्सा खत्रीले तेस्रो स्थान प्राप्त गरेको थिए । त्यस्तै, पुरुष तर्फ उज्ज्वल खरेल प्रथम, सोम गुरुङ्ग दोस्रो र सुवर्ण थपलियाले तेस्रो स्थान प्राप्त गरेका थिए ।

कार्यक्रमको सुरुवात जीम खानाद्वारा हल्का व्यायाम र पछि जुम्बा सेसनको समन्वयमा इलिगेन्ट जुम्बा जोन र डान्स स्टुडियो, नित्य डान्स स्टुडियो र फिटनेस स्टुडियोले गरेका थिए ।
साथै यस कार्यक्रमको एक प्रमुख आकर्षणको रुपमा रहेको थिया ब्लाइन्ड रक्स् । सृष्टि केसीद्वारा समन्वय गरेको फेसन शो जसमा दृष्टिविहिनहरुले फेसन शो गरेका थिए । यस फेशन शोलाई पुर्व मिस नेपाल निकिता चन्डकले कोरियोग्राफी गरेकी थिइन् । साथै महिलाहरुका लागि आत्मरक्षाका तरिकाहरुको पनि प्रदर्शन गरिएको थियो ।

कार्यक्रममा महिला उद्यमीहरुले बनाएका नेपाली उत्पादनका सर–सामानहरुका स्टल पनि राखिएका थिए ।