रिचार्जरको नयाँ योजनाː होलीको टिसर्ट १ रुपैयाँमै |
काठमाडौं । मोबाइल एप रिचार्जरले होलीको अवसर पारेर १ रुपैंयामा टिसर्ट उपलब्ध गराउने भएको छ । ब्राण्ड प्रवद्र्धनका साथै होली खेल्नेहरुलाई लक्षित गर्दै होलीको थिमयुक्त टिसर्ट १ रुपैंयामा उपलब्ध गराउने अफर रिचार्जरले ल्याएको हो ।
रिचार्जरका अनुसार बुधबार र बिहीबारको होलीका लागि उपभोक्ताले सोमबार दिउँसो १ बजेदेखि ३ बजेसम्म रिचार्जरको मोबाइल एपबाट टिसर्ट खरिद गर्नु पर्ने हुन्छ । यसरी १ रुपैंयामा टिसर्ट खरिद गर्नका लागि रिचार्जरमा रहेको आफ्नो खाताबाट २ सय क्यास व्याकको प्रयोग गर्नु पर्ने हुन्छ । अर्थात २ सय क्यास व्याक सहित १ रुपैंया भुक्तान गरेर टिसर्ट किन्न सकिन्छ ।
गुगल प्ले तथा एप्पलको एप स्टोरबाट रिचार्जर डाउनलोड गरी एकाउण्ट खोले पछि प्रयोगकर्ताले तत्कालै १ सय क्यास व्याक पाउने छन् । रिचार्जरबाट जतिको मोबाइल रिचार्ज गर्यो त्यति नै क्यास व्याक पाइने छ । क्यास व्याकलाई रिचार्जरबाट सामान खरिद गर्दा डिस्काउण्ट भौचरका रुपमा प्रयोग गर्न सकिन्छ ।
नेपालीहरुको हरेक दिनलाई सहज बनाउनका लागि ल्याइएको रिचार्जर नेपालकै सबैभन्दा धेरै फंगसन अर्थात मल्टिफंगसनिगं एप हो । एउटै एपबाट सामान किन्नका साथै अरु विभिन्न किसिमका सेवाहरु पाउन सकिन्छ । मोबाइल रिचार्ज गर्दा, सिनेमा, बस र हवाई टिकट खरिद गर्दा वा अनलाइनबाट सपिंग गर्दा डेढ दर्जन बैंकको इ–बैंकिंग, इसेवा लगायतका गेटवेका साथै मास्टर तथा भिसाका डेविट र क्रेडिट कार्डबाट सिधै पैसा तिर्न सक्ने व्यवस्था रिचार्जरले मिलाएको छ ।

