जावलाखेल ग्रुपको प्रिमियम भोड्का ‘रुस्लान गोल्ड’ बजारमा, ७५० मिलिलिटरको २२ सय रुपैयाँ |
काठमाडौं । जावलाखेल ग्रुप अफ इण्डस्ष्ट्रिजले आफ्नो नयाँ प्रडक्ट ‘रुस्लान गोल्ड’ बजारमा ल्याएको छ । रुस्लान गोल्ड रिजर्भ खानयोग्य सुनको पत्र भएको नेपालकै पहिलो प्रिमियम भोड्का हो । कम्पनीका अनुसार भोड्कामा २३ क्यारेट गोल्ड फ्लेक्स् राखिएको छ ।
युरोपियन फुड ग्रेडबाट प्रमाणित यो भोड्कामा समिश्रण गरिएको सुन जर्मनीबाट आयात गरिएको कम्पनीको भनाई छ । गुणस्तरीयताको लागि रुस्लान गोल्ड रिजर्भ भोड्काको हरेक ब्याच आईएसओ आईसी ल्याबबाट परीक्षण गरिएको कम्पनीले जानकारी दिएको छ ।
कम्पनीद्धारा जारी विज्ञप्तिमा भनिएको छ,’विगत ४० वर्षदेखि भोड्काका पारखीहरुले अत्याधिक रुचाउँदै आएको रुस्लान ब्राण्डको लागि सन् २०१९ नयाँ कोशेढुङ्गा हो । यो वर्ष रुस्लानले आफ्ना पारखीहरुका लागि प्रिमियम ब्राण्डहरु प्रस्तुत गर्दै भोड्काको विरासतलाई अघि बढाएको छ ।’ कम्पनीका प्रवन्ध निर्देशक राजबहादुर शाहले नयाँ भोड्काले उत्कृष्टता, शुद्धता र निर्मलतालाई झल्काउने बताए ।
‘उत्कृटता, शुद्धता र निर्मलता पस्कनु हाम्रो विरासत हो । जसले हाम्रो विश्वस्तरीय स्ट्याण्डर्डलाई झल्काउँदछ । आफ्ना भोड्का पारखीहरुको प्रकृति र बजारको मागअनुरुप नै प्रस्तुत गरिएको रुस्लान गोल्ड रिजर्भ एकदमै नवीनतम उत्पादन हो । र, हामीले आफ्नो गुणस्तरीयतार स्वादमा केही सम्झौता नगरी सहुलियतमा पनि धेरै ध्यानदिएका छौं,’ उनले भने। समूहका कार्यकारी निर्देशक शशिन जोशीले विश्वस्तरीय प्रोडक्ट ल्याएर नयाँ स्ट्याण्डर्ड बनाउँदा उत्साहित बनाएको बताए ।
‘मनै लोभ्याउने अनुभवचाहने भोड्काका पारखीहरुलाई रुस्लान गोल्ड रिजर्भले आकर्षित गर्नेछ । विश्वस्तरीय प्रोडक्टहरु ल्याएर बजारमा नयाँ स्ट्याण्डर्ड बनाउँदा र भोड्काको इण्डस्ट्री स्ट्याण्डर्डलाई माथि पुर्याउन पाउँदा हामी एकदमै उत्साहित छौं,’ उनले भने ।
यो काठमाडौंका स्टोर, रेष्टुरेन्ट, बार र लाउन्जमा पाइने कम्पनीले जानकारी दिएको छ । यो भोड्काको मूल्य ७५० मिलिलिटरको २२ सय रुपैयाँ, ३७५ मिलिलिटरको ११ सय रुपैयाँ र १८० मिलिलिटरको ५ सय ५० रुपैयाँ मूल्य कम्पनीले तोकेको छ ।

