ईपीएस भाषा परीक्षाको शुल्क ग्लोबल आइएमईमार्फत |
काठमाडौं । ग्लोबल आइएमई बैंकले ईपीएस कोरियन भाषा परिक्षाको परिक्षा शुल्क संकलन सेवा प्रदान गर्ने भएको छ । बैंकले विगतका बर्ष गरेजस्तै यो बर्ष पनि उक्त सेवा प्रदान गर्ने भएको हो ।
चैत ८ गतेदेखि १७ गतेसम्म संचालन हुने १० औँ ईपीएस कोरियन भाषा परीक्षा को परीक्षा शुल्क संकलनका लागि नेपाल सरकार श्रम मन्त्रालय वैदशिक रोजगार विभाग ईपिएस शाखा र ग्लोबल आइएमई बैंक बीच सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा ग्लोबल आइएमई बैंकका कामु प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल र ईपीएस शाखाको तर्फबाट निर्देशक कृष्ण प्रसाद खनालले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार ग्लोबल आइएमई बैंकका पूर्व मेचि देखि पश्चिम महाकालीसम्म छरिएर रहेका आफ्ना १ सय ३३ शाखा कार्यालयहरुमा छुटट्ै काउण्टरको व्यवस्था गरि परिक्षा शुल्क संकलन सेवा प्रदान गर्नेछ । यस्तै ग्लोबल आइएमई बैंकको मोवाईल बैंकिङ एप तथा अनलाईन बैंकिङ मार्फत लाईनमा नबसी जहाँकहिँबाट सरल र सहज तरिकाले सेवाग्राहिले परीक्षा शुल्क भुक्तानी गर्न सक्नेछन् ।
नेपाल सरकार श्रम मन्त्रालय बैदशिक रोजगार विभाग ईपीएस शाखासंगको सहकार्यमा सुरुवात देखि नै ग्लोबल आइएमई बैंकले ईपीएस भाषा परीक्षा शुल्क संकलन सेवा प्रदान गर्दै आइरहेको छ । ग्लोबल आइएमई बैंक ईपीएस भाषा परीक्षाको शुल्क संकलन गर्ने एक मात्र बैंक हो ।

