टुबोर्गको ‘लिमिटेड एडिसन क्यान वियर’ बजारमा | गोल्डेन प्रतियोगिताका विजेतालाई निःशुल्क टिकटसँगै बियरको कुपन
काठमाडौं । टुबोर्ग वियरले नयाँ उत्पादन बजारमा ल्याएको छ । कम्पनीले फागु पूर्णिमालाई लक्षित गर्दै सीमित अवधिका लागि भनेर ‘टुबोर्ग होली एडिसन क्यान’ बजारमा ल्याएको हो ।
गोर्खा ब्रुअरीका अनुसार यो क्यानमा राखिएको निलो र मागेन्टा रङको डिजाइनले होलीको रमाइलो झल्काउँछ । रङहरूको चाडलाई ध्यानमा राख्दै क्यानमा राखिएका रङहरूको सम्मिश्रणले टुबोर्गको हरियो रङमा चमक थपेको कम्पनीको दाबी छ ।
गोर्खा ब्रुअरीका मार्केटिङ डाईरेक्टर वैभब शर्माका अनुसार नयाँ क्यानले टुबोर्गको होली पर्वसँगको रमाइलो सम्बन्ध झल्काउँछ । उनले भने, ‘ग्राहकहरूले हाम्रो होली लिमिटेड एडिसन क्यान मन पराउनुहुनेछ भन्नेमा हामी विश्वस्त छौं ।’
टुबोर्ग होली कार्यक्रम काठमाडौ, ललितपुर, भक्तपुर, धुलिखेल, कीर्तिपुर, भैरहवा, विराटनगर, विर्तामोड, बुटवल, दाङ, धनगढी, धुलिखेल, नेपालगञ्ज, पोखरा, नारायणघाट, धरान, इटहरी, हेटौंडा मनाइने कम्पनीले जानकारी दिएको छ ।
टुबोर्गले सामाजिक सञ्जालमा दुईवटा प्रतियोगिता आयोजना गरेको छ । फेसबुकमा गरिएको प्रोफाइल पिक्चर फ्रेम कन्टेस्टमा प्रतियोगीहरूलाई देशभरका कार्यक्रमहरूको निःशुल्क टिकट दिइने कम्पनीले बताएको छ । कम्पनीका अनुसार उक्त कार्यक्रममा गोल्डेन प्रतियोगिता समेत राखिएको र त्यसका विजेताले देशभरका कार्यक्रममा टिकटसँगै निःशुल्क वियरको कुपन पाउनेछन् ।

