कुमारी बैंकको सहयोग नयाँ समाज नेपाललाई |
काठमाडौं । कुमारी बैंक लिमिटेडले नयाँ वानेश्वरस्थित ‘नयाँ समाज नेपाल’ नामक एक परोपकारी संस्थालाई लत्ताकपडा तथा खाद्यान्न सामग्री सहयोग गरेको छ । कुमारी बैंकको कर्मचारी युनियनको पहलमा भएको उक्त सहयोग बैंकको तर्फबाट चिफ डिपोजिट मार्केटिङ विभागका राजेश श्रेष्ठ र युनियनका अध्यक्ष शिव पाठकले नयाँ समाज नेपालका अध्यक्ष कृष्णराज गुरुङलाई हस्तान्तरण गरेका हुन् । बैंकले उक्त सहयोग आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत गरेको बताएको छ ।
उक्त संस्था न्यून आयस्रोत तथा एकल अविभावक परिवारका बालबालिकाहरूको आधारभूत आवश्यकता परिपूर्तिका लागि कार्यरत छ । उक्त संस्थाको हेरचाहमा रहेका सबै बालबालिकालाई बैंकले लत्ताकपडा तथा खाद्यान्न सामग्री उपलब्ध गराएको छ ।
स्वास्थ्य, शिक्षा, सम्पदा र वातावरण लगायत समाजका विविध क्षेत्रहरूमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व वहन गर्दै आएको यस बैंकले आगामी दिनमा अझ प्रभावकारी योगदान पु¥याउने प्रतिबद्धता जनाएको छ ।

