ग्लोबल आईएमई बैंकद्वारा चालक र परिचालकलाई पोशाक वितरण |
काठमाडौं । ग्लोबल आईएमई बैंकले सार्वजनिक सवारीसाधनका चालक तथा परिचालकलाई ५ सय थान पोशाक वितरण गरेको छ । बैंकले प्रदेश १ ट्राफिक प्रहरी कार्यालयसँगको सहकार्यमा उक्त प्रदेशका सार्वजनिक सवारीसाधनका चालक तथा परिचालकलाई सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत उक्त सहयोग गरेको हो ।
बैंकले उक्त सहयोग आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत गरेको बताएको छ । प्रदेश नं. १ अन्तर्गतका १४ वटै जिल्लामा सञ्चालन हुने सार्वजनिक सवारीसाधनका चालक तथा परिचालकहरूले अनिवार्य पोशाक लगाउनुपर्ने व्यवस्थालाई कार्यान्वयन गर्न गराउन निम्न आयस्तर भएका सवारीचालक तथा परिचालकहरूलाई उक्त पोशाकहरू वितरण गरिएको बैंकले बताएको छ ।
बैंकले ट्राफिक प्रहरीसँगको सहकार्यमा सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्र्तगत सवारी दुर्घटना न्यूनीकरण एवम् ट्राफिक व्यवस्थापन कार्यलाई प्रभावकारी बनाउने उद्देश्यका लागि विभिन्न कार्यक्रहरूमा सहयोग गर्दै आएको छ । बैंकले स्थापनाकाल देखि नै मुलुकमा आईपर्ने प्राकृतिक विपत्तिहरू बाढी, पहिरो, भूकम्पजस्ता विपतको क्षणमा पनि सहयोग गर्दै आएको छ । त्यस्तै जनचेतनामूलक कार्यक्रम र सामाजिक कार्यहरूमा पनि बैंक सदैव सक्रिय रहँदै आएको छ ।

