शेयर कारोबारका प्रायः सबै सूचकमा आज छायो हरियाली | ९ अंकले बढेर ११११ अंकमा पुग्यो नेप्से परिसूचक
काठमाडौं । निरन्तर ओरालो लागेको शेयर बजार आज बुधवार भने हरियाली छाएको छ । आजको दिन नेप्से ९.१२ अंकले बढेर ११११.७६ अंकमा पुगेको छ । यो हिजो मंगलवारको तुलनामा ०.८३ प्रतिशतले बढेको हो । नेप्सेको परिसूचक बढेसँगै कारोबारमा आएका सबै सूचक हरिया भएका हुन् ।
आज बुधवार सबैभन्दा बढी जीवन बीमा समूह ९६.१४ अंकले बढेर ५७४४ अंकमा पुगेको छ । त्यस्तै, निर्जीवन बीमा समूह ६७.५६ अंक, होटल २५, माइक्रोफाइनान्स १९ र विकास बैंक १० अंकले बढेको छ ।
सो दिन कुल १६९ कम्पनीको २२ करोड ४६ लाख ६६ हजार १२८ रुपैयाँबराबरको शेयर कारोबार भएको छ । यसमध्ये सबैभन्दा बढी कारोबार एनसीसी बैंकको भएको छ । यस बैंकको १ करोड ४६ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ । त्यस्तै, नेपाल बैंकको १ करोड ३६ लाख, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको १ करोड १७ लाख र एनएमबी बैंकको १ करोड १५ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ ।
बजारमा आज सबैभन्दा बढी हाथवे फाइनान्स कम्पनी र कञ्चन डेभलपमेन्ट बैंकको शेयर मूल्य क्रमशः ८.३३ र ८.२८ प्रतिशतले बढेको छ । सबैभन्दा बढी घलेम्दी हाइड्रोका लगानीकर्ताले ६.५५ प्रतिशत गुमाएका छन् ।



