एनएमबी बैंकको १२ लाख कित्ता ऋणपत्र फागुन ३० बाट | प्रतिकित्ता एक हजारका दरले आवेदन दिन पाइने
काठमाडौं । एनएमबी बैंकले १२ लाख कित्ता ऋणपत्र सर्वसाधारणको लागि जारी गर्ने भएको छ । यो बैंकले बार्षिक १० प्रतिशतका दरले अगामी १० वर्षका लागि ऋणपत्र जारी गरेको हो । न्युनतम २५ कित्ताको निम्ति आवेदन दिनुपर्ने यस्तो ऋणपत्रमा एक हजारका दरले २०८५ सम्मको लागि आवेदन माग भएको छ ।
ऋणपत्रको यहि फागनु ३० देखि छिटोमा चैत्र ४ र ढिलोमा १४ गतेसम्म आवेदन दिन पाइने छ । बैंकले कुल एक अर्ब २० करोड रुपैयाँको ऋणपत्र निष्काशन गर्ने छ । कुल ३ अर्बको ऋणपत्रमध्ये सर्वसाधारणका लागि १ अर्ब २० करोड रुपैयाँ छुट्याइएको छ । प्रति कित्ता १००० रुपैयाँ दरमा सामुहिक लगानी कोषलाई ६० हजार कित्ता र सर्वसाधारणको लागि ११ लाख ४० हजार कित्ता छुट्याइएको छ ।
यसमध्ये ५ प्रतिशत डिवेन्चर सामूहिक लगानी कोषका लागि छुट्टाइएको छ । यसको धितोपत्र निष्कासन तथा विक्री प्रवन्धक सिद्धार्थ क्यापिटल लिमिटेड हो ।
विदेशबाट ऋण ल्याएर कर्जा लगानी गरिरहेको एनएमबी बैंकले पूँजीकोष बलियो बनाउने उद्देश्यले ऋणपत्रलाई प्राथमिकता दिएको देखिन्छ । बैंकले यसअघि ५० करोड रुपैयाँको ऋणपत्र निष्काशन गरेको थियो । ७ प्रतिशत व्याज दरमा ५ बर्ष ६ महिना अवधिको लागि निष्काशन गरेको ऋणपत्रको अवधि २०७७ भदौसम्म रहेको छ ।


