माछापुच्छ्रे बैंकको ललितपुरको पुल्चोकमा एटीएम सेवा शुरु |
काठमाडौं । माछापुच्छ्रे बैंकले ललितपुर महानगरपालिकाको पुल्चोकमा एटीएम शुरु गरेको छ । पुल्चोकस्थित वडा कार्यालयमा बैंकले एटीएम सेवा शुरु गरेको हो ।
बैंकको नयाँ एटीएमको ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले उद्घाटन गरे । यो सँगै देशभर बैंकको एटीएम संख्या १ सय १५ पुगेको छ ।
बैंकले आर्थिक वर्ष २०७५ ∕ ७६ को दोस्रो त्रैमास सम्ममा ७८ करोड १३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको जानकारी दिएको छ ।
बैंकले देशभर ९३ शाखाहरु तथा ६३ शाखारहित बैंकिङ गरी देशका १ सय ५६ स्थानबाट बैंकिङ सुविधा प्रदान गरेको पनि जारी बिज्ञप्तीमा उल्लेख छ ।



