७ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौँ । आज पुस १८ गते बुधबार ७ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो । यस दिन नेपाल टेलिकम, लक्ष्मी सनराइज बैंक, मुक्तिनाथ विकास, महालक्ष्मी विकास, बुटवल पावर कम्पनी, ग्लोबल आइएमई लघुवित्त र शिवम् सिमेन्ट्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । यी ६ वटै कम्पनीले बिहीबार पुस १९ गते बुक क्लोज गर्दैछन् । तसर्थ, पुस १८ गतेसम्म कायम सेयरधनीले लाभांश प्राप्त तथा सभामा भाग लिन सक्नेछन् ।
नेपाल टेलिकमले गत वर्षको नाफाबाट लगानीकर्तालाई ४०% नगद लाभांश वितरण गर्दैछ । उक्त लाभांश पारित गर्न पुस २९ गते साधारण सभा डाकेको छ । सभा राष्ट्रिय सभा गृह प्रदर्शनीमार्ग काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।
लक्ष्मी सनराइज बैंकले गत आर्थिक वर्षको नाफाबाट ७% बोनस सेयर र कर प्रयोजनका लागि ०.३७% नगद लाभांश वितरण गर्दैछ । उक्त लाभांश पारित गर्न पुस २६ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा अग्रवाल भवन, कमलपोखरी काठमाडौंमा दिउँसो २ बजेदेखि सुरु हुनेछ ।
मुक्तिनाथ विकास बैंकले गत वर्षको नाफाबाट लगानीकर्तालाई ९.७५% बोनस सेयर र कर प्रयोजनका लागि ०.५१% नगद लाभांश वितरण गर्दैछ । उक्त लाभांश पारित गर्न पुस २८ गते वार्षिक साधारण सभा गर्ने भएको छ । सभा सिटी स्क्वायर न्यूरोड, पोखरामा दिउँसो १ बजेदेखि सुरु हुनेछ ।
महालक्ष्मी विकास बैंकले गत आर्थिक वर्षको नाफाबाट नगद लाभांश वितरण गर्ने भएको छ । उक्त लाभांश पारित गर्न पुस २८ गते वार्षिक साधारण सभा गर्ने भएको छ । सभा लैनचौर ब्यांक्वेट लैनचौर, काठमाडौंमा बिहान १० बजेदेखि सुरु हुनेछ ।
बुटवल पावर कम्पनीले गत वर्षको नाफाबाट करसहित ५% नगद लाभांश वितरण गर्दैछ । उक्त लाभांश पारित गर्न पुस २८ गते वार्षिक साधारण सभा गर्ने भएको छ । सभा कार्की ब्यांक्वेट बबरमहल, काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।
शिवम् सिमेन्ट्सले गत वर्षको नाफाबाट प्रतिशत १४.२५% बोनस सेयर र कर तिर्न ०.७५% नगद लाभांश वितरण गर्दै छ । उक्त लाभांश पारित गर्न पुस २७ गते साधारण सभा बोलाएको छ । सभा राष्ट्रिय सभा गृह प्रदर्शनीमार्ग, काठमाडौंमा बिहान ९ बजेदेखि सुरु हुनेछ ।
ग्लोबल आइएमई लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई कर सहित १०% नगद लाभांश वितरण गर्दैछ । उक्त लाभांश पारित गर्न पुस २९ गते साधारण सभा डाकेको छ । सभा बेस्ट रिर्सोट नेपाल लेकसाइड, पोखरामा बिहान ९ बजेदेखि सुरु हुनेछ ।