नेपाल बंगलादेश बैंकको पोखरामा नयाँ एटीएम |
काठमाडौं । नेपाल बंगलादेश बैंकले आफ्नो एटीएम सेवा विस्तारको क्रममा बैंकको ६५औं एटीएम पोखराको लेकसाइड स्थित एटीएम लान्जबाट संचालनमा ल्याएको छ ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरन्जीवी पोखरेलबाट एक कार्यक्रमबीच उक्त एटीएम सेवाको सुरुवात गरिएको छ । सो एटीएम सेवाबाट सो क्षेत्रमा आउने पर्यटक, क्षेत्रका व्यवसायी तथा बैंकका अन्य सेवाग्राहीहरू समेतलाई सहज बनाउने बैंकको बिश्वास छ ।
उक्त समारोहमा बैंकका गण्डकी प्रदेश कार्यालयका प्रमुख देवेन्द्र अवस्थीले बैंकले पोखरामा २ वटा शाखा र ३ वटा एटीएमबाट बैंकिङ्ग सुविधा दिंदै आएको र देश भरी बैंकले ८१ शखा, ७ एक्सटेन्सन काउन्टर, २ शाखा रहित घरदैलो बंैकिङ्ग सेवा तथा ६५ वटा एटीएमबाट बैंकिङ्ग सुविधा दिंदै आएको कुरा पनि जानकारी गराएका थिए ।

