मुक्तिनाथ विकास बैंकका तीन शाखा बिस्तार |
काठमाडौं । आधुनिक बैंकिङ्ग, ग्रामीण बैंकिङ्ग र लघुवित्त सेवा एकै साथ संचालन गर्दै आएको मुक्तिनाथ विकास बैंकले देशै भरी आफ्ना शाखा सञ्जालहरु विस्तार गर्ने क्रममा तीन शाखा एकै पटक विस्तार गरेको छ ।
कास्की जिल्लाको अमरसिङ्ग चोक, जिरो किमी तथा लामाचौर गरी आफ्ना तीन स्थानमा शाखा कार्यालय विस्तार गरेको हो । अमरसिङ्ग शाखाको उद्घाटन प्रदेश नं ४ का प्रदेश सभा सांसद मन बहादुर गुरुङ्गले गरेका थिए । शाखा कार्यालय उद्घाटन गर्दै गुरुङ्गले बैंकिङ्ग व्यवसाय प्रवद्र्वनको शुभकामना व्यक्त गरे ।
जिरो किमी शाखाको उद्घाटन मन्त्री किरण गुरुङ्गले गरेका हुन । शाखा कार्यालय उद्घाटन गर्दै गुरुङ्गले बैंकले स–साना उद्यम गर्ने व्यवसायीका साथै ठूला ठूला उद्योगपतिहरुलाई पनि सहज र सरल सेवा प्रदान गर्दै अगाडि बढ्नु पर्ने बताए । यस क्षेत्रका जनतालाई सरल, सुलभ र ग्राहकमुखी सेवा प्रदान गर्नुपर्नेमा जोड दिँदै बैकको उत्तरोउत्तर प्रगतिको शुभकामना व्यक्त गरेका थिए ।
लामाचौर शाखाको उद्घाटन पोखरा महानगरपालिका वडा नं १६ का अध्यक्ष जीवन आचार्य तथा पोखरा महानगरपालिका वडा नं १९ शोभा मोहन पौडेलले संयुक्त रुपमा गरेका थिए । शाखा कार्यालय उद्घाटन गदैै आचार्य तथा पौडेलले जनता बैंकमा होईन, बैंक जनतामा जानु पर्दछ भन्ने मुल नाराका साथ मुक्तिनाथ विकासको सेवा उल्लेखनीय रहेको तथा आगामी दिनमा बैंकले अझ गुणस्तरीय सेवा प्रदान गर्दै सामाजिक तथा आर्थिक विकासमा थप योगदान पु¥याउन सफल बनोस् भन्दै शुभकामना व्यक्त गरे ।
कार्यक्रममा बैंकका ब्रान्ड एम्बेसडर सीताराम कट्टेल (धुर्मुस) तथा स्थानीय समाजसेवीहरुले बैंकको सफलताको शुभकामना मन्तब्य राखेका थिए ।
कार्यक्रमका सभापति तथा बैंकका अध्यक्ष खिम प्रकाश मल्लले बैंकको वर्तमान अवस्था र सेवा विस्तारमा बैंकले लिने भावी रणनीतिको बारेमा जानकारी गराउँदै, सो क्रममा उनले विकास निर्माणका कार्यहरुमा यस बैंकले दिनुपर्ने तथा गर्नुपर्ने बैंकिङ्ग हातेमालो गर्न सधै तत्पर रहेको बताए ।
त्यसैगरी यस बैंकको व्यवसाय बृद्धिसंगै भावी दिनमा सामाजिक उत्तरदायित्वको कामलाई प्राथमिकताको रुपमा स्थानीय निकायसंग सहकार्य गरी अगाडि बढ्ने प्रतिवद्वता उनले व्यक्त गरेका थिए ।

