एक क्लीकमा टीभीएस एनटर्क स्कुटर जित्ने अवसर |

काठमाडौं । टीभीएस स्कुटर र मोटरसाइकलका लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्स् प्रालिले भाइवरसँग सहकार्य गरेको छ । भाइवरले जगदम्बा मोटर्स् ब्राण्डको टीभीएसका कस्टुमाइज स्टीकर प्याकहरु सार्वजनिक गरेको छ ।
अडियन्सहरुले भाइवरमा रहेको ‘लभ एट् फस्ट राइड’ नामक स्टीकर डाउनलोड गरेर टीभीएस एनटर्क स्कुटर जित्नुका साथै थुप्रै रमाईला र आकर्षक उपहारहरु प्राप्त गर्न सक्नेछन् ।
दक्षिण पूर्वि एशिया भाइवरका विजनेस डेभलपमेन्ट प्रमुख अनुभव नायरले भने, ‘हामी जगदम्बा मोटर्स् प्रालिसँग सहकार्य गरेर नेपालमा संचारको माध्यमबाट यस्तो योजना लागू गर्न पाउँदा निकै खुसी छौँ ।’
जगदम्बा मोटर्स् प्रालिका भाइस् प्रेसिडेन्ट दीपक अग्रवालले भने, ‘हामी भाइवरसँग सहकार्य गरेर उपभोक्ताहरुलाई हाम्रो ब्राण्डमा डिजिटल्ली जोड्न पाउँदा निकै उत्साहित छौँ । यस योजनामार्फत उपभोक्ताहरुले मज्जा बढाउनुका साथै थप्रै रमाईला र आकर्षक एवम् ग्राण्ड उपहारहरु जित्ने अवसर प्राप्त गर्न सक्नेछन् ।’