लुम्विनी विकास बैंकद्धारा आर्थिक सहयोग |
काठमाडौं । लूम्विनी विकास बैंकले कास्की जिल्ला पोखरा महानगरपालिका वडाा नं. १७ दोभिल्लामा सहारा क्लब पोखराद्धारा सञ्चालित सहारा एकेडेमीमा आश्रित विभिन्न १६ जिल्लाका २८ जना टूहूरा तथा असहाय विद्यार्थीहरुको लागि १ वर्ष सम्मको दैनिक खाजा व्यवस्थाको लागि आर्थिक सहयोग प्रदान गरेको छ ।
लुम्बिनी विकास बैंकका सञ्चालक सुशिलराज पराजुलीले सहारा एकेडेमीका अध्यक्ष केशव बहादुर थापालाई रु. २ लाख ९४ हजारको चेक हस्तान्तरण गरेका थिए ।
उक्त अवसरमा बैंकका नायव प्रमूख कार्यकारी अधिकृत उमेश रेग्मी, मुख्य व्यवस्थापक तथा कम्पनी सचिव हरिकृष्ण सूवेदी, पोखरा शाखाका प्रबन्धकहरु प्रकाशचन्द्र पहारी, बल बहादूर थापा साथै सहारा क्लवका पूर्व अध्यक्ष विक्रम थकाली लगायतको उपस्थिती थियो ।
उक्त रकम हस्तान्तरण गर्दै बैंकका सञ्चालक सुशिलराज पराजुलीले लुम्बिनी विकास बैंकले सहारा क्लवलाई विगत देखि विभिन्न किसिमले सहयोग गर्दै आईरहेको र यस किसिममा विभिन्न सामाजिक संघ संस्थाहरुलाई सहयोग गर्ने एवं बैंक आफै प्रत्यक्ष सहभागी भई सेवा पुर्याउने समेत बताए ।
Visited 1 times, 1 visit(s) today


