राजस्व चुहावट गर्नेलाई जनही साढे ७ करोडको मुद्दा |
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व चुहावट गर्ने कार्यमा संलग्न रहेको आरोपमा आठ जनाविरुद्ध आज बिहीवार विशेष अदालतमा जनही ७ करोड ५९ लाख ६३ हजार १९० रुपैयाँ १२ पैसा बिगो माग दाबी गरी आरोपत्र दायर गरेको छ । आयोगले आपसी मिलेमतोमा भन्सार प्रज्ञापनपत्रमा मालवस्तुको गलत घोषणा गरी राजस्व चुहावट गरेको आरोप लगाउँदै मुद्दा दायर गरेको हो ।
उक्त मुद्दामा रसुवा भन्सार कार्यालय टिमुरेमा कार्यरत भन्सार अधिकृत पवित्रकुमार खड्का, सोही कार्यालयका नायब सुब्बा धिरजकुमार थापा, मितेरी इण्टरनेशनल ट्रेडर्सका प्रोप्राइटर सुमन श्रेष्ठ र रञ्जन त्रिपाठी, लाङटाङ ट्रेड कन्सर्नका प्रोप्राइटर तथा सवारीधनी धनबहादुर तामाङ, नेपाल बंगलादेश बैंकले गाडी नामसारी गर्न पत्राचार गर्ने आकाश श्रेष्ठ, गाडी जिम्मा लिएका व्यक्ति निरञ्जन त्रिपाठी र गाडीचालक डम्बरबहादुर श्रेष्ठलाई विपक्षी बनाई अख्तियारले मुद्दा दायर गरेको हो ।
भन्सार अधिकृतको मिलेमतोमा उनीहरूले थाइल्याण्डमा निर्मित दुई हजार १ सय ६० जोडी महिलाले लगाउने जुत्ताको उत्पत्ति मुलुक चीन देखाई उत्पत्तिको मुलुक फरक पारी गलत घोषणा गरेकोमा रसुवा भन्सार कार्यालयबाट जरिवाना नगरी छाडिएको अनुसन्धानका क्रममा पाइएको अख्तियारले बताएको छ ।
Visited 1 times, 1 visit(s) today


