यातायात कार्यालयबाट १० जना बिचौलिया पक्राउ | सेवाग्राहीलाई प्रभावमा पारी दुःख दिइरहेको आरोप
ललितपुर । प्रहरीले यातायात व्यवस्था कार्यालयबाट ललितपुरको नख्खीपोट बस्ने भोजपुरका निगम राईसहित १० जना विचौलियाहरूलाई नियन्त्रणमा लिएको छ ।
महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरी टोलीले हिजो बुधवार दिउँसो सेवाग्राहीलाई विभिन्न प्रलोभन देखाई प्रभावमा पारी दुःख दिइरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको उपत्यका प्रहरी कार्यालय रानीपोखरीले बताएको हो । उक्त घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।



