भ्यालेन्टाइन डेको अवसरमा एनसेलको ‘भ्यालेन्टाइन अफर’ |
काठमाडौं । आफ्ना ग्राहकको हित हुने खालका योजनाहरू विभिन्न अवसर पारेर ल्याउँदै आएको दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेलले यस पटकको भ्यालेन्टाइन डेको अवसर पारेर नयाँ योजना ल्याएको छ । एनसेलले आफ्ना प्रियजनसँग सुलभ दरमा असीमित कुराकानीको मजा लिन सक्ने ‘भ्यालेन्टाइन अफर’ ल्याएको हो ।
उक्त योजनाअन्तर्गत ग्राहकले आफूले छानेको एउटा विशेष एनसेल नम्बरमा मात्र ५० पैसा (करसहित ६४ पैसा) प्रतिमिनेटका दरले कुरा गर्न सक्ने कम्पनीले जानकारी गराएको छ । भोलि शुक्रवारदेखि नै लागू हुने भ्यालेनटाइन अफरको मजा एनसेलका प्रिपेड तथा पोस्टपेड ग्राहकले लिन सक्ने कम्पनीले बताएको छ ।
कम्पनीका अनुसार यो योजना आगामी फागुन १६ गतेसम्म लागू हुनेछ । यसका साथै यो सेवा सुचारु गर्ने ग्राहकले १०० वटा एसएमएस निःशुल्क पाउनेछन् । यसरी प्राप्त निःशुल्क एसएमएस पेयर गरिएको नम्बरमा सन्देशहरू पठाउन प्रयोग गर्न सकिनेछ ।
ग्राहकले एस्ट्रिक्स् १७१०६ एस्ट्रिक्स् पेयर गरिने मोबाइल नम्बर ह्यास डायल गरी यो सेवा सुचारु गर्न सक्नेछन् । ग्राहकहरुले सिधै १७१०६ डायल गरेर पनि अफर सुचारु गरी आफूले चाहेको एनसेल नम्बर पेयर गर्न सक्नेछन् । साथै, उनीहरुले एनसेल एपबाट पनि यो सेवा सहजै सुचारु गर्न सक्नेछन् । भ्यालेन्टाइन अफरले ग्राहकलाई सुलभ दरमा आफ्ना प्रियजनसँग सम्पर्कमा रहिरहन मद्दत गर्ने कम्पनीको विश्वास छ ।
Visited 3 times, 1 visit(s) today


