सिटी एक्सप्रेस फाइनान्स अन्तरबैंक विधुतीय भुक्तानी प्रणालीमा आबद्ध |
काठमाडौं । सिटी एक्सप्रेस फाइनान्स नेपाल क्लियरिङ्ग हाउसको अन्तरबैंक विद्युतीय भुक्तानी प्रणालीमा ७५ औं संस्थाको रुपमा आवद्ध भएको छ । बैंक वित्तीय संस्थाहरुलाई आवद्ध गराउँदै लाने क्रममा फाइनान्स कम्पनीलाई पनि आबद्ध गराएको हो ।
यस प्रणाली मार्पmत कम्पनीसँग आबद्ध सदस्य बैंक तथा वित्तीय संस्थाहरुमा रहेका ग्राहकहरुको कुनै पनि खातामा भुक्तानी दिने र लिने जस्ता कारोबारहरु पूर्णरुपमा संचालन गर्न सक्नेछन् ।
ग्राहकको रकम स्थानान्तरण, डिभिडेन्ट पेमेन्ट, बिल भुक्तानी, प्रिमियम भुक्तानी, सामाजिक सुरक्षा भत्ता, पेन्सन र तलब भुक्तानी, रेमिटेन्स लगायतका कुनै पनि प्रकारका भुक्तानी दिने तथा लिने सेवा यस प्रणालीबाट सदस्य बैंक तथा वित्तीय संस्थाहरुले गर्न सक्नेछन् ।
नेपाल राष्ट्र बैंक, बैंक वित्तीय संस्थाहरु र स्मार्ट च्वाइस टेक्नोलोजीबाट प्रवद्र्धित नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले विभिन्न राष्ट्रियस्तरका भुक्तानी प्रणालीहरु स्थापना र सञ्चालन गर्ने उद्देश्य लिएको छ ।
हालसम्म विद्युतीय माध्यमबाट चेकको राफसाफ गर्ने प्रणालीको लागि अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली र अनलाईन मार्फत सर्वसाधारणले सजिलैसँग विद्युतीय भुक्तानी गर्न सकिने कनेक्ट आईपीएस प्रणाली लागु गरी सञ्चालन गर्दै आएको छ ।
नेपाल क्लियरिङ्ग हाउस लिमिटेडसँग भएको यो सम्झौतासँगै कम्पनीले अन्तरबैंक विद्युतीय भुक्तानी प्रणालीमा ७५ बैंक तथा वित्तीय संस्थाहरुसँग प्रत्यक्ष र अन्य ३ कम्पनीसँग अप्रत्यक्ष टेक्निकल मेम्बरको रुपमा सम्झौता गरिसकेको छ ।
Visited 1 times, 1 visit(s) today


