सनराइज फर्स्ट म्युचुअल फण्डको प्रतिफल घोषणा
 
                                                                    
                                                                काठमाडौं । सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सनराइज फर्स्ट म्युचुअल फण्ड गत आर्थिक वर्षको लागि आफ्ना इकाईधनीहरुलाई वितरण गर्ने प्रतिफल घोषणा गरेको छ।
फण्डले कर सहित १८ प्रतिशतका दरले हुन आउने १३ करोड ७६ लाख रुपैयाँ बराबरको प्रतिफल वितरण गर्ने घोषणा गरेको हो। साउन २५ गते बसेको यस फण्डको योजना व्यवस्थापक सनराइज क्यापिटलको सञ्चालक समितिको बैठकले सो दरमा प्रतिफल वितरण गर्ने निर्णय गरेको हो।
यस योजनाको कोष प्रबर्द्धक लक्ष्मी सनराइज बैंक लिमिटेड रहेको छ।

 
                                                                     
                                                                    