डिशहोमको नयाँ ग्राहकका लागि सस्तोमा विभिन्न सेवा, प्रतिमहिना २५० देखि ४०० रुपैयाँ मात्र |
काठमाडौं । डिश मिडिया नेटवर्क लिमिटेडले नयाँ कनेक्सन जडान गर्ने ग्राहकहरुको लागी सबैभन्दा कम मूल्यमा आफ्नो सेवाहरु दिन शुरु गरेको छ ।
डिशहोमले बजारकै सबैभन्दा कम मूल्यको विभिन्न प्याकेजहरु प्रदान गरेको छ । जस अन्तर्गत बाबाआमा, गृहिणी र बच्चाहरुका लगी उपयुक्त च्यानलहरु भएको बेसिक प्याकेजको २५० रुपैयाँ र खेलकुद प्रेमिहरुका लागि लक्षित खेलकुदको सम्पुर्ण एचडी च्यानलहरु समावेश भएको मिडियम प्याकेजको ३०० रुपैयाँ मूल्य तोकेको छ । त्यस्तै सम्पुर्ण एसडी र उत्कृष्ट एचडी च्यानलहरु भएको सुपर एच डि प्याकेज ३५० रुपैयाँ र सम्पुर्ण एचडी तथा एसडी च्यानलहरु भएको प्रिमिएम एच डि प्याकेज ४०० रुपैयाँ प्रतिमहिनामा उपलब्ध गराएको छ ।
२०७५ माघ १० गतेबाट नयाँ एक्टिभेसनमा यो योजना लागु हुने छ । यो मितिभन्दा अगाडि नै डिशहोम जडान गरेका ग्राहाकहरुलाई समेत वार्षिक रिचार्ज गरिमाथि उल्लेखित मासिक मूल्यमा यो सेवा प्राप्त गर्न सक्ने छन् । यो सेवा डिसहोमका आधिकारिक विक्रेताहरु कहाँ उपलब्ध हुनेछ ।
नेपालको एक मात्र स्याटेलाइट प्रविधिमा आधारित डीटीएच सेवा प्रदायक डिशहोमले ग्राहकको रोजाई अनुसारको उत्कृष्ट तथा गुण्स्तरीय सेवा प्रदान गरिहेको छ । पिक्चर क्वालिटिमा सबैभन्दा गुणस्तरिय सेवा प्रदान गरिरहेको डिशहोम, १६ लाखभन्दा बढी परिवारहरुले प्रयोग गरिरहेका छन् ।



